दक्षिण एशियाली मानव अधिकारवादी र जेन–जी अभियान्ताबीच छलफल

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय सहयोग तथा संलग्नता संस्था ( एनआइआइसीई) को जेन–जी आन्दोलन सम्बधि छलफल सम्पन्न भएको छ । काठमाडौंको हात्तिवनस्थित एनआइआइसीईको कार्यालयमा जेन–जी अगुवा, दक्षिण एशियाली मानव अधिकारवादी तथा कानुन व्यवसायीहरुको सहभागितामा उक्त छलफल सम्पन्न भएको हो ।
छलफलमा गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनको विषयमा आन्तरिक छलफल भएको थियो । छलफलमा जेन–जी अभियान्ता प्रकृति ढकालले जेन–जी आन्दोलनमा प्रत्यक्ष रुपमा बाह्य शक्तिको घुसपैठ भएको कारण देशमा भयाभह अवस्था सिर्जना भएको धारणा व्यक्त गरेकी थिइन् ।
साथै, दक्षिण एशियाली मानव अधिकारवादी दीक्षा इलांगासिघेले अव नेपालमा लोकतन्त्रको रक्षा हुन सक्छ की सक्दैन?, शान्तिपूर्वक आन्दोलनबाट पनि परिवर्तन ल्याउन सकिन्थ्यो होला भन्दै देश र लोकतन्त्रको रक्षाको लागि सबै अधिकारवादी एकजुट भएर लाग्नु पर्ने बताएकी छिन् ।












