लाभांश पारित गर्न चार कम्पनीको साधारणसभा बस्दै

२४ पुष २०८२, बिहीबार ०६:४४

काठमाडौं । आज पुस २४ गते लाभांश पारित गर्ने प्रस्ताव सहित तीनवटा बीमा कम्पनी र एक बैंकको वार्षिक साधारणसभा बस्दैछ।

यस दिन आइएमई लाइफ इन्स्योरेन्स, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स र एनएमबि बैंकको साधारणसभा बस्दैछ।

आइएमई लाइफले चुक्ता पूँजीको १०.५२६३ प्रतिशत नगद लाभांश, सानिमा रिलायन्स लाइफले १०.१७८० प्रतिशत नगद लाभांश, आईजीआई प्रुडेन्सियलले ५ प्रतिशत नगद लाभांश र एनएमबि बैंकले ५ प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस शेयरको प्रस्ताव गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*