राष्ट्र बैंकले १ वर्षे अवधिको १० अर्ब ऋणपत्र बोलकबोलमार्फत जारी गर्ने

२४ पुष २०८२, बिहीबार १०:२२

काठमाडौँ । नेपाल राष्ट्र बैंकले एक वर्ष अवधिको १० अर्ब बराबरको ऋणपत्र जारी गर्ने भएको छ। मौद्रिक व्यवस्थापन विभाग, काठमाडौंले प्रकाशित गरेको सूचनाअनुसार २०८२ पुस २४ गते बोलकबोलमार्फत “नेपाल राष्ट्र बैंक ऋणपत्र २०८२ ‘च’  निष्कासन गरिनेछ।

सूचनाअनुसार ऋणपत्रको बोलकबोल पुस २४ गते मध्याह्न २ बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयरमार्फत मात्र हुनेछ। सोही दिन ऋणपत्र निष्कासन गरिनेछ भने सांवा भुक्तानी मिति २०८३ पुस २४ गते तोकिएको छ। ऋणपत्रको व्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण हुनेछ र ब्याज भुक्तानी अर्धवार्षिक रूपमा गरिने व्यवस्था गरिएको छ।

बोलकबोलमा न्यूनतम ५ करोड र बढीमा ५ करोड रुपैयाँले भाग जाने गरी कुल आह्वान रकमसम्म कबोल गर्न सकिनेछ। यो ऋणपत्र नेपाल राष्ट्र बैंक तथा अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रूपमा प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ।

ऋणपत्रको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुव्याजदरमा पनि बोल गर्न सकिनेछ। यस प्रक्रियामा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन्। काउण्टरपार्टीले कबोल गर्न चाहेको रकम र ब्याजदर दशमलव पछिको चार अंकसम्म उल्लेख गर्नुपर्नेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*