बोटलर्स नेपालमा सिंह र पाण्डे सञ्चालक नियुक्त

२४ पुष २०८२, बिहीबार ११:०२

काठमाडौँ । बोटलर्स नेपाल लिमिटेडको ४७औँ वार्षिक साधारण सभाले कम्पनीको सञ्चालक समितिमा नयाँ नियुक्ति गरेको छ। सभाले सर्वसाधारण सेयरधनीको तर्फबाट सञ्चालक तथा स्वतन्त्र सञ्चालक नियुक्त गर्ने प्रस्ताव पारित गरेको हो।

सभाबाट सर्वसाधारण शेयरधनीको प्रतिनिधित्व गर्ने सञ्चालकका रूपमा नरमादेश्वर नारायण सिंह चयन भएका छन्।

त्यसैगरी, कम्पनीको स्वतन्त्र सञ्चालकका रूपमा सिद्धान्त राज पाण्डेलाई नियुक्त गरिएको छ।

धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ तथा धितोपत्र सूचीकृत उपविधि, २०७५ बमोजिम विशेष सूचना सार्वजनिक गर्दै कम्पनीले उक्त नियुक्तिको जानकारी दिएको हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*