एमडीआरटी २०२६ हासिल गरेकी दिल माया राई आइएमई लाइफ ताहाचल शाखाद्वारा सम्मानित

२४ पुष २०८२, बिहीबार ११:२१

काठमाडौँ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी ताहाचल शाखाले आफ्नो शाखामा आबद्ध अभिकर्ता दिल माया राईलाई अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित उपाधि एमडीआरटी २०२६ हासिल गर्न सफल भएको अवसरमा विशेष कार्यक्रम आयोजना गरी सम्मान गरेको छ।

राई पेशागत रूपमा काठमाडौँ मोडल अस्पतालमा नर्सिङ सेवामा संलग्न रहँदै मानव सेवा र स्वास्थ्य क्षेत्रमा योगदान दिँदै आएकी छन्। नियमित नर्सिङ पेसासँगै उनले बीमा व्यवसायलाई पनि जिम्मेवारीपूर्वक अघि बढाउँदै छोटो समयमै उल्लेखनीय सफलता हासिल गर्न सफल भएकी हुन्। व्यस्त पेशागत जीवनका बाबजुद पनि समय व्यवस्थापन, सेवामुखी सोच र व्यवसायिक निष्ठाका कारण उनले एमडीआरटी जस्तो अन्तर्राष्ट्रिय उपलब्धि हासिल गर्न सकेकी हुन्।

सम्मान कार्यक्रममा शाखा प्रमुख तथा प्रदेश प्रमुखले दोसल्ला, सम्मान पत्र तथा बधाईसहित उनलाई सम्मान प्रदान गरेका थिए। कार्यक्रममा बोल्दै शाखा प्रमुख गिरिराज पोख्रेलले दिल माया राईको उपलब्धिले सम्पूर्ण शाखा परिवारलाई गौरवान्वित बनाएको उल्लेख गर्दै स्वास्थ्य सेवा र बीमा क्षेत्र दुवैमा उदाहरणीय भूमिका निर्वाह गरेको बताए ।

सम्मानित भएपछि प्रतिक्रिया दिँदै एमडीआरटी दिल माया राईले आफूलाई यो सफलतासम्म पुर्‍याउन सहयोग गर्ने सम्पूर्ण बीमित, शाखा प्रदेश प्रमुख , सहकर्मी तथा परिवारप्रति आभार व्यक्त गर्दै आगामी दिनमा अझ जिम्मेवार, सेवामुखी र व्यवसायिक ढंगले बीमा व्यवसायमा योगदान गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

ताहाचल शाखाले भविष्यमा पनि स्वास्थ्य, शिक्षा तथा अन्य पेशामा संलग्न रहेर बीमा क्षेत्रमा उत्कृष्ट कार्य गर्ने अभिकर्ताहरूलाई प्रोत्साहन र सम्मान गर्दै जाने जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*