आइएमई लाइफका नागेन्द्रः आयुर्वेद चिकित्सकदेखि एमडीआरटीसम्म, चौथो पटक सफलता

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा आवद्ध रही विगत पाँच वर्षदेखि निरन्तर ‘अल टीम नेपाल बिजनेश’मा सफल हुँदै आएका नागेन्द्र श्रेष्ठ फेरि एक पटक आफ्नो व्यावसायिक क्षमता प्रस्तुत गर्दै एमडीआरटी बन्न सफल भएका छन्।
आयुर्वेदिक चिकित्सक पेशाबाट बीमा क्षेत्रमा प्रवेश गरेका श्रेष्ठले निरन्तर मेहनत, अनुशासन र दृढ संकल्पका साथ सन् २०२६ को एमडीआरटी (मिलियन डलर राउण्ड टेबल) को उपाधि चौथो पटक सफलतापूर्वक हासिल गरेका हुन्।
समाजको स्वास्थ्य सेवामा प्रत्यक्ष योगदान दिंदै आएको आयुर्वेदिक चिकित्सकको भूमिकाबाट आफ्नो पेशागत यात्रा शुरु गरेका श्रेष्ठले सेवा, विश्वास र नैतिकताको मूल्यलाई आत्मसात् गर्दै बीमा व्यवसायमा कदम चालेका थिए। उनले चिकित्सा पेशाबाट सिकेको अनुशासन, धैर्यता र सेवा भावलाई बीमा क्षेत्रमा रूपान्तरण गर्दै विगत पाँच वर्षदेखि राष्ट्रिय स्तरमै उत्कृष्ट व्यवसाय गर्दै आएका छन्।
स्मरण रहोस् एमडीआरटी बन्नु कुनै सामान्य उपलब्धि होइन यो एउटा विश्वस्तरीय मापदण्ड हो जहाँ व्यवसायिक दक्षता, ग्राहकप्रतिको प्रतिबद्धता, पारदर्शिता र दीर्घकालीन सोचको उच्च मूल्याङ्कन गरिन्छ। त्यसमाथि आयुर्वेदिक चिकित्सक जस्तो सेवामूलक पेशाबाट आएर पनि चौथो पटक एमडीआरटी बन्न सफल हुनु भनेको जुनसुकै पेशामा आवद्ध व्यक्तिले पनि अन्तर्राष्ट्रिय स्तरको व्यवसायिक नेतृत्व विकास गर्न सक्छन् भन्ने प्रेरणादायी उदाहरण समेत बनेको छ।
नागेन्द्र श्रेष्ठ केवल एक सफल बीमा व्यवसायी मात्र नभई हजारौं नयाँ अभिकर्ता, टीम लिडर तथा युवाहरूका लागि मार्गदर्शक र प्रेरणाको स्रोत बन्ने विश्वास कम्पनीले लिएको छ। उनको नेतृत्वमा धेरै व्यक्तिहरूले बीमा अभिकर्ता पेशामा आफ्नो करियर शुरु गरी आत्मनिर्भर, आत्मविश्वासी र सफल जीवनतर्फ अगाडि समेत बढिरहेका छन्।
‘चिकित्सामा जस्तै बीमामा पनि विश्वास नै सबैभन्दा ठूलो औषधि हो’ भन्ने सोचका साथ काम गर्दै आएका श्रेष्ठले बीमा क्षेत्रलाई केवल कमाइको माध्यम नभई समाजलाई दीर्घकालीन सुरक्षा दिने महत्वपूर्ण सेवा भएको स्पष्ट सन्देश दिएका छन्।













