एनआईसी एशियाले भन्यो, ‘कुनै पनि वहानामा कर्मचारीमाथि अभद्र व्यवहार सैह्य छैन’

२४ पुष २०८२, बिहीबार १२:५१

काठमाडौँ । एनआईसी एशिया बैंकले आफ्नो इटहरी शाखामा कलुसित मनसायका साथ प्रवेश गरी बैंकमा कार्यरत कर्मचारीमाथि गालीगलौज गर्दै अभद्र व्यवहार गरेको घटना प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। बैंकले यस्तो गैरकानूनी र उच्छृङ्खल गतिविधि संवेदनशील बैंकिङ्ग स्थलमा स्वीकार्य नभएको स्पष्ट पारेको छ।

बैंकले शाखा कार्यालयभित्र हुलहुज्जत, होहल्ला, आगजनी वा जिउज्यानमा हानि पुर्याउने उद्देश्यले पेट्रोलजस्ता अति प्रज्वलनशील पदार्थ प्रयोग गर्न खोज्नुले कर्मचारीहरुसँगसँगै समग्र बैंकिङ्ग क्षेत्रमा असुरक्षित वातावरण सिर्जना गरेको छ। यस प्रकारका कार्यकलापले मुलुकको आर्थिक विकासमा ठूलो योगदान पु-याइरहेको बैंकिङ्ग क्षेत्रमा नकारात्मक असर पु-याउने र काम गर्ने वातावरणमा समेत गम्भीर प्रभाव पार्ने बैंकको तर्क छ।

कुनै पनि बहानामा कर्मचारीमाथि हुने यस्ता अभद्र व्यवहार सैह्य नहुने बैंकले स्पष्ट पारेको छ । यस घटनामा संलग्न व्यक्तिबिरुद्ध सम्बन्धित निकायले आवश्यक अनुसन्धान गरी प्रचलित कानून बमोजिम कारबाही गर्न र बैंक तथा कर्मचारीहरुको सुरक्षा कायम गर्न बैंकले अनुरोध गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*