अमेरिका र भेनेजुएला तनावबारे बोल्यो नेपाल, ‘संयमता अपनाउन आग्रह’

२४ पुष २०८२, बिहीबार १३:४२

काठमाडौँ । नेपालले अमेरिकासँग भेनेजुएलामा बढ्दो तनावप्रति चासो व्यक्त गरेको छ। परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भेनेजुएलामा हालैका घटनाक्रमहरूलाई नजिकबाट नियालिरहेको जानकारी दिएको छ।

मन्त्रालयले अधिकतम संयमता अपनाउन र तनावलाई अझ बढाउने गतिविधिबाट बच्न सबै पक्षलाई आग्रह गरेको छ। विज्ञप्तिमा नेपाल संयुक्त राष्ट्र संघको बडापत्रमा उल्लेखित सार्वभौमसत्ता, क्षेत्रीय अखण्डता र राज्यहरूको राजनीतिक स्वतन्त्रताको सिद्धान्तको पूर्ण सम्मान गर्ने राष्ट्र भएको पनि उल्लेख छ।

नेपालले विवादहरू शान्तिपूर्ण रूपमा समाधान गर्न संवाद, कूटनीति र आपसी समझदारीको माध्यम अपनाउनुपर्नेमा जोड दिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*