आइएमई लाइफको एउटै शाखाबाट तीनजना एमडीआरटी छनौट, गठ्ठाघर शाखालाई ऐतिहासिक सफलता

२४ पुष २०८२, बिहीबार १३:४८

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको गठ्ठाघर शाखाबाट एकैपटक ३ जना अभिकर्ताहरु एमडीआरटीमा छनौट भएका छन् । एउटै शाखाबाट तीन जना प्रतिनिधिले एमडीआरटी–२०२६ को अन्तर्राष्ट्रिय प्रतिष्ठित मान्यता प्राप्त गर्न सफल भएका हुन् ।

एमडीआरटी हासिल गर्ने सफल व्यक्तिहरूमा सिनियर एजेन्सी म्यानेजर शान्ति राई, स्टार एजेन्सी म्यानेजर कृष्ण बहादुर याख्खा, स्टार एजेन्सी म्यानेजर निस्मा राई रहेका छन्।

उनीरूको यो उपलब्धि निरन्तर मेहनत, अनुशासन, स्पष्ट लक्ष्य र ग्राहक प्रतिको समर्पित सेवाको प्रतिफल हो। एमडीआरटीलाई विश्वभर जीवन बीमा तथा वित्तीय सेवा क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्ने पेशेवरहरूको सर्वोच्च अन्तर्राष्ट्रिय पहिचानका रूपमा लिइन्छ।

यस उपलब्धिप्रति प्रतिक्रिया दिँदै गठ्ठाघर शाखा प्रमुख सागर कटुवालले भने, ‘एउटै शाखाबाट तीनजना एमडीआरटी बन्नु गर्वको विषय हो। यो सफलता टिमवर्क, नेतृत्व र प्रतिबद्धताको उत्कृष्ट उदाहरण हो। यसले सम्पूर्ण शाखा टिमलाई अझ उच्च लक्ष्यतर्फ अघि बढ्न थप प्रेरणा दिनेछ।’

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*