यस्तो छ गार्डियन माइक्रो लाइफको तेस्रो वार्षिक साधारण सभाको ‘माइन्युट’
२४ पुष २०८२, बिहीबार १७:४४

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको तेस्रो वार्षिक साधारण सभा पुष १४ गते सम्पन्न भएको छ ।
कम्पनीका अध्यक्ष उदिप श्रेष्ठको अध्यक्षतामा सभा मोरङको विराटनगरस्थित होटल एअरपोर्टमा सम्पन्न भएको हो । कम्पनीले हाल कायम चुक्ता पूँजी ७५ करोड रुपैयाँको १ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको छ ।
साथै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तीय विवरणहरू उपर छलफल गरी पारित गरेको छ ।
साथै चालू आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरेको छ ।
1767858437478












