आइतबार देशभर सार्वजनिक बिदा
२४ पुष २०८२, बिहीबार १८:०६

काठमाडौँ । आइतबार अर्थात् पुष २७ गते देशभर सार्वजनिक बिदा हुने भएको छ । पृथ्वी जयन्तीको अवसरमा सो दिन सार्वजनिक बिदा हुने भएको हो ।
पृथ्वी जयन्ती जसलाई नेपाल एकीकरण दिवस वा राष्ट्रिय एकता दिवस पनि भनिन्छ । अखण्ड नेपालका पहिलो राजा पृथ्वीनारायण शाहको जन्मको सम्झनामा हरेक वर्ष पुस २७ गते बिदा दिइदै आएको छ ।
सो दिन सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था र शेयर बजार बन्द रहनेछ ।













