कुलमानको राजीनामापछि मन्त्रिपरिषद् हेरफेर

२४ पुष २०८२, बिहीबार १८:२४

काठमाडौँ । कुलमान घिसिङको राजीनामापछि मन्त्रिपरिषद् हेरफेर भएको छ । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद् सदस्यको जिम्मेवारी हेरफेर गरेका हुन् ।

घिसिङको राजीनामापछि रिक्त रहेका तीन मन्त्रालयको जिम्मेवारी तोकिएको हो । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति पौडेलले ऊर्जा मन्त्रालयको कार्यभार अनिल सिन्हा, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको कार्यभार माधवप्रसाद चौलागाईं र शहरी विकास मन्त्रालयको कार्यभार कुमार इङ्नामलाई तोकेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*