विजय लघुवित्तको एफपिओमा २३ लाखले दिए आवेदन, कतिले पाउनेछन् शेयर ?

२४ पुष २०८२, बिहीबार १८:३३

काठमाडौँ । विजय लघुवित्त वित्तीय संस्थाको एफपिओमा अन्तिम दिनसम्ममा २२ लाख ९९ हजार २५२ जनाको आवेदन परेको छ । सिडिएसका अनुसार आज साँझ ५ः०६ बजेसम्ममा २ करोड ६६ लाख ६६ हजार ९९० कित्ता बराबरको २ अर्ब ६६ करोड ६६ लाख ९९ हजार रुपैयाँको आवेदन परेको हो ।

एफपिओमा ४६ हजार ७८१ जनाले १०।१० कित्ताका दरले शेयर पाउनेछन् । सोहिमध्यका ७ जनाले भने थप १।१ कित्ता गरी ११ कित्ता शेयर पाउनेछन् ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ४ लाख ६६ हजार ८१७ कित्ता एफपीओ निष्कासन गरेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*