कालीमाटीमा तरकारीः गोलभेंडा ९०, कन्य च्याउ १६० रुपैयाँ किलो

२५ पुष २०८२, शुक्रबार ०७:५६

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य सार्वजनिक गरेको छ।

जसअनुसार सानो लोकल गोलभेंडा र स्थानीय काउली ९० रुपैयाँ, लोकल बन्दा ५५ रुपैयाँ, सेतो लोकल मूला २० रुपैयाँ, लोकल घिउ सिमी १२० रुपैयाँ, पाकेको फर्सी ४० रुपैयाँ प्रतिकिलो अधिकतम मूल्य तोकिएको छ।

त्यसैगरी इस्कुस ३५ रुपैयाँ, बकूला ११० रुपैयाँ, तरुल ८० रुपैयाँ, कन्य च्याउ १६० रुपैयाँ, डल्ले च्याउ ४५० रुपैयाँ, ब्रोकाउली १२० रुपैयाँ, हरियो धनियाँ ९० रुपैयाँ र सुकेको नेपाली लसुन २२० रुपैयाँ प्रतिकिलो अधिकतम मूल्य कायम भएको छ।
हेरौं आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*