सिस्टम अपग्रेडेसनका कारण नेपाल बैंकका सबै सेवा अस्थायी रूपमा बन्द

२५ पुष २०८२, शुक्रबार ११:१२

काठमाडौं । नेपाल बैंक लिमिटेडले सिस्टम अपग्रेडेसनका कारण केही समयका लागि आफ्ना सम्पूर्ण बैंकिङ सेवा बन्द हुने जनाएको छ । बैंकका अनुसार शुक्रबार रातिदेखि शनिबार बिहानसम्म प्रणाली स्तरोन्नतिको काम गरिनेछ ।

बैंकले जारी गरेको सूचनाअनुसार शुक्रबार राति ११ बजेदेखि सिस्टम अपग्रेडेसनको कार्य सुरु हुनेछ, जुन शनिबार बिहान ९ बजेर ४५ मिनेटसम्म चल्नेछ । उक्त अवधिभर नेपाल बैंकका सम्पूर्ण बैंकिङ सेवाहरू अवरुद्ध हुने जनाइएको छ ।

सिस्टम अपग्रेडेसनका कारण ग्राहकहरूलाई पर्न सक्ने असुविधाप्रति बैंकले क्षमायाचना गर्दै आवश्यक वित्तीय कारोबार समयमै व्यवस्थापन गर्न आग्रह गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*