कर्मचारीको मनोबल बढाउन एनआईसी एशियाले उल्टै माग्यो आत्मदाह प्रयास गर्नेमाथि अनुसन्धान

२५ पुष २०८२, शुक्रबार ११:२०

काठमाडौं । बैंक पनि साथी पनिको चर्चा बटुलेको एनआईसी एशिया बैंकले आफ्नै बचतकर्ता र ऋणीहरूलाई तर्साउने गरी वक्तव्यवाजी गरेको छ ।

इटरीस्थित शाखाभित्र एक ऋणीले गर्न खोजेको आत्महत्या प्रयासको घटनालाई लिएर एनआईसी एशियाले बचतकर्ता र ऋणीहरूलाई तर्साएको हो । बैंकले आफ्नो व्यवहार तथा आचरण सुधारको गुञ्जायस कतै पनि नगरी जारी गरेको विज्ञप्तिमा कर्मचारीको मनोवल प्रवद्र्धनको चेस्टा गरिएको देखिए पनि पीडाले आत्महत्या गर्न तत्पर भएका ऋणीप्रति कुनै सहानुभूति व्यक्त नगरेको देखिएको छ ।

बैंकको वक्तव्यवाजीले पीडितलाई थप पीडा हुने गरी निरुत्साहन गरेको र सँधै आफ्नै मात्र पक्ष लिने सोंच सेवामूलक निकायका लागि हानिकारक हुने देवानी तथा वाणिज्य कानूनका जानकारले बताएका छन् ।

मानिसको जीउज्यान नै सबैभन्दा अमुक सम्पति हुने सांसारिक मान्यता समेत भूलेर आफ्नो संस्थाभित्र भएको गम्भीर प्रकृतिको घटनालाई ढाकछोप गर्न खोज्नु मानवीय संवेदनाहिन व्यवहार भएको ती जानकारले बीमापोष्टलाई बताए ।

करोडौं मूल्यको जग्गा एनआईसी एशिया बैंकले लिलाम गरेपछि इटहरी आइतबारेका लालबहादुर पौडेलले गएको सोमबार इटहरी शाखाभित्रै शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका थिए । बैंकको निर्णयबाट आफू अन्यायमा परेको भन्दै शरीरमा पेट्रोल छर्किएर आत्मदहाको प्रयास गरेका उनलाई प्रहरी प्रशासनले समेत सहयोग नगरेका बेला बैंकको केन्द्रीय कार्यालयबाट निकालिएको विज्ञप्तिले थप प्रताडित गर्ने जानकारहरु बताउँछन् ।

शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका पौडेल रोइ कराई गरेको भिडियो नै सार्वजनिक हुँदा समेत बैंकले कलुसित मनसायका साथ प्रवेश गरी बैंकमा कार्यरत कर्मचारीमाथि गाली गलौज गर्दै अभद्र व्यवहार गरेर शाखा कार्यालयमा अराजक गतिविधि गरेको घटना भनी वक्तव्यवाजी गरेको छ । नागरिक समाज, सुशासन र आर्थिक अनुशासनका पक्षधरहरुले एनआईसी एशियाले देखाएको व्यवहारलाई राम्रो मानेका छैनन् ।

स्थानीय प्रहरीले आत्मदाहको प्रयास पुष्टी हुने आधार नभेटिएको भनिरहेका बेला बैंकले आफ्ना कर्मचारीमाथि हुने अभद्र व्यवहार सैह्य नहुने भन्दै घटनामा संलग्न व्यक्तिमाथि अनुसन्धानको माग गरेको छ । एनआईसीको यो व्यवहारले यसले बैंकका कर्मचारीसँग दोहोरो कुराकानी गर्नै बचतकर्ता र ऋणीहरू थर्र हुनु पर्ने वातावरण उत्पन्न गराउने देखिन्छ ।

सम्बन्धित समाचारः

करोडौंको धितो लिलामपछि एनआईसी एशिया बैंक भित्रै आत्मदाहको प्रयास

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*