बझाङको चैनपुरस्थित सुर्मादेवी सिरग उद्योगमा आगलागी

२५ पुष २०८२, शुक्रबार १३:३१

काठमाडौँ ।  बझाङको चैनपुर बजारमा शुक्रबार बिहान आगलागी भएको छ। प्रारम्भिक जानकारी अनुसार, आगो सुर्मादेवी सिरग पसलबाट सुरु भएर छेउछाउका अन्य पसलहरूमा समेत फैलिएको थियो।

आगलागीबाट भएको क्षति र आगलागीको कारण हालसम्म खुल्न सकेको छैन। नेपाली सेना, नेपाल प्रहरी, स्थानीय बासिन्दा तथा जय पृथ्वी नगरपालिकाको दमकलको सक्रिय सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*