सरकारको चालु खातामा तीन खर्ब ५८ अर्ब बचत, शोधनान्तर स्थिति कस्तो ?

२५ पुष २०८२, शुक्रबार १४:३९

काठमाडौं । सरकारको चालु खातामा तीन खर्ब ५८ अर्ब ८३ करोडले बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको देशको बर्तमान वित्तीय स्थितीले सो बचत देखाएको हो । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.१५८ अर्ब ४५ करोडले बचतमा रहेको थियो ।

समीक्षा अवधिमा अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा एक अर्ब १८ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा दुई अर्ब ५४ करोडले बचतमा रहेको छ । साथै, समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर ७ अर्ब ६ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ३ अर्ब ५० करोड रुपैयाँ रहेको थियो ।

यसैगरी, समीक्षा अवधिमा सात अर्ब ४७ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) छ अर्ब ३ करोड रुपैयाँ रहेको थियो ।

चालु आर्थिक वर्षको पाँच महिनामा शोधनान्तर स्थिति चार खर्ब २१ अर्ब ८९ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब २५ अर्ब ३४ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा एक अर्ब ६८ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा २ अर्ब ९८ करोडले बचतमा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*