अन्तर-बैंक कारोबारमा गिरावट: पाँच महिनामा ४ खर्बमै सीमित

२५ पुष २०८२, शुक्रबार १४:५७

काठमाडौँ । आर्थिक वर्ष २०८२/८३ को पाँच महिनामा वाणिज्य बैंकहरू र अन्य वित्तीय संस्थाबीचको अन्तर–बैंक कारोबार ४ खर्ब १७ अर्बमा सीमित भएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार वाणिज्य बैंकहरूले ३ खर्ब ४४ अर्ब ७१ करोड र अन्य वित्तीय संस्थाहरूले ७२ अर्ब २९ करोड गरी कुल ४ खर्ब १७ अर्बको कारोबार गरेका छन्।

समीक्षा अवधिमा यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा घटेको हो। यसअघि वाणिज्य बैंकहरूको अन्तर–बैंक कारोबार ६ खर्ब ८ अर्ब ५५ करोड र अन्य वित्तीय संस्थाहरूको ७८ अर्ब ८१ करोड गरी कुल ६ खर्ब ८७ अर्ब ३६ करोड रहेको थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*