पाँच महिनामा बैंक तथा वित्तीय संस्था ७ शाखा कार्यालय बन्द

२५ पुष २०८२, शुक्रबार १५:०३

काठमाडौँ । चालु आर्थिक वर्षको मङ्सिर मसान्तमा बैंक तथा वित्तीय संस्थाका ७ शाखा कार्यालय बन्द भएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार यस्तो देखाएको हो ।

२०८२ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरू (लघुवित्त वित्तीय संस्थासमेत) को शाखा सङ्ख्या ११ हजार ५२६ रहेकोमा २०८२ मङ्सिर मसान्तमा ११ हजार ५१९ रहेको छ ।

बैंकबाट २० वाणिज्य बैंक, १७ विकास बैंक, १७ वित्त कम्पनी, ५१ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक गरी जम्मा १०६ वटा बैंक तथा वित्तीय संस्थाहरूले इजाजतपत्रप्राप्त गरी सञ्चालनमारहेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*