बिद्युतीय कारोबार बढ्यो

२५ पुष २०८२, शुक्रबार १५:१२

काठमाडौं । चालु आर्थिक वर्षको मंसिर महिनासम्मको अवधिमा सात खर्बबढी रुपैयाँ विद्युतीय कारोबार भएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको विवरण अनुसार डेविट कार्ड प्रयोगकर्ता, मोबाईल बैकिङ र क्यूआर कोड मार्फत उक्त कारोबार भएको हो ।

समीक्षा अवधिमा डेबिट कार्ड प्रयोगकर्ताहरूले १ करोड कारोबारमार्फत ७७ अर्ब २२ करोड रुपैयाँ बराबरको कारोबार गरेका छन्। त्यसैगरी, मोबाइल बैंकिङअन्तर्गत ६ करोड ३१ लाख कारोबारमार्फत पाँच अर्ब १६ अर्ब ४९ करोड रुपैयाँ कारोबार भएको छ । क्यु–आर कोड भुक्तानीअन्तर्गत ४ करोड २१ लाख कारोबारमार्फत एक खर्ब १७ अर्ब ७९ करोड रुपैयाँ कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*