आज पृथ्वी जयन्ती, देशभर सार्वजनिक बिदा

२७ पुष २०८२, आईतवार ०७:१८

काठमाडौं । आज पुस २७ गते देशभर सार्वजनिक बिदा रहेको छ। आज पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस भएकाले देशैभरी सार्वजनिक बिदा दिइएको हो।

विक्रम सम्वत् १७७९ मा आजकै दिन पिता राजा नरभुपाल शाह र माता कौशल्यावती देवीको प्रथम पुत्रको रूपमा पृथ्वी नारायण शाहको जन्म भएको थियो। उनी गोरखाको राजा भएपछि टुक्रा टुक्रामा रहेको नेपाल एकीकरण गरेर आधुनिक नेपालको खाका कोरेका थिए।

उनै पृथ्वी नारयण शाहको स्मृतिको रूपमा आजको दिनलाई पृथ्वी जयन्ती र एकता दिवसको रूपमा मनाउँदै आइएको छ। यसै अवसरमा आज देशभर सार्वजनिक बिदा रहेको छ। बिदा भएसँगै आज सरकारी कार्यालयहरू, शैक्षिक संस्थाहरू, नेपाल स्टक मार्केट लयातका संस्थाहरू बन्द रहनेछन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*