पृथ्वीनारायण शाहको शालिकमा राष्ट्रपतिद्वारा माल्यार्पण

२७ पुष २०८२, आईतवार १०:४१

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ३०४औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेका छन् ।

रामशाहपथ अघि सिंहदरबारको पश्चिम गेट अघि रहेको राष्ट्र निर्माता पृथ्वी नारायण शाहको शालिकमा राष्ट्रपति पौडेलले माल्यार्पण गरेका हुन् । कार्यक्रम स्थल पुग्दा नेपाली सेनाको एक टुकडीले उनको सम्मानमा सलामी अर्पण गरेको थियो ।

सो समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश र राष्ट्रिय सभाका अध्यक्षलगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो । हरेक वर्ष २७ पुसमा मनाइने पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको योगदानलाई स्मरण गर्दै विभिन्न कार्यक्रमहरू आयोजना गरिन्छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*