विशेष महाधिवेशनका कारण खुल्लामञ्च वरपर जाम, वैकल्पिक मार्ग प्रयोग गर्न ट्राफिक प्रहरीको आग्रह

२७ पुष २०८२, आईतवार १३:११

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनका कारण खुल्लामञ्च वरपरको क्षेत्रमा जाम बढेको भन्दै ट्राफिक प्रहरीले सवारी चालकलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ।

महानगरीय ट्राफिक प्रहरीले भृकुटीमण्डपमा कांग्रेसको विशेष महाधिवेशन र सिंहदरबार चोकमा पृथ्वी जयन्तीको कार्यक्रमका कारण आज दिनभर खुल्लामञ्च वरपरको सडक खण्डमा सवारी चाप बढिरहेको बताएको छ।

ट्राफिक प्रहरीले पुतलिसडक, सिंहदारबार माइतीघर, थापाचली चोक, त्रिपुरेश्वर लगायतका स्थानमा सवारी चाप अत्यधिक बढेको भन्दै उक्त स्थान हुँदै चल्ने सवारी साधनका चालकहरूलाई वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह गरेको हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*