चर्चित गायक प्रशान्त तामाङको निधन
२७ पुष २०८२, आईतवार १२:४०

काठमाडौं । चर्चित गायक प्रशान्त तामाङको हृदयघातका कारण निधन भएको छ । दिल्लीमा रहेको आफ्नै घरमा उनको आइतबार निधन भएको पारिवारिक स्रोतले बताएको हो ।
इन्डियन आइडल विजेता बनेपछि चर्चामा रहेका तामाङ पछिल्लो समय सलमान खान अभिनित फिल्म ‘ब्याटल अफ गलवान’ अभिनयरत थिए । जसको डबिङ समेत बाँकी रहेको छ । तामाङले नेपाली फिल्म, ‘गोर्खा पल्टन’, ‘परदेशी’, ‘परदेशी २’ लगायत नेपाली फिल्म अभिनय गरेका छन् । उनले थुप्रै चर्चित गीत दिएका छन् ।
भारतीय मूलका नेपालीभाषी गायक तामाङ भारतीय टिभी रियालिटी शो इन्डियन आइडलको तेस्रो संस्करणका विजेता हुन् । उनले केही नेपाली चलचित्रमा अभिनय गर्नुका साथै स्वर पनि दिएका छन् ।













