सन नेपाल लाइफ इन्स्योरेन्समा कसको शेयर स्वामित्व कति ?

२७ पुष २०८२, आईतवार १३:४९

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आठौं र नवौं वार्षिक सधारणसभा सम्पन्न भएको छ । सभाले पारित गरेको वार्षिक प्रतिवेदन अनुसार कम्पनीमा लगानी गर्ने ठूला शेयरधनीको संख्या १९ रहेको छ ।

सन नेपाल लाइफ इन्स्योरेन्समा सबैभन्दा धेरै औम चाबोभिरो फीड इन्डस्ट्रीज प्रालिको ७.५३ प्रतिशत स्वामित्व तथा ३७ लाख ७३ हजार ४२४ कित्ता शेयर रहेको छ । यसैगरी, रोशन केसीको ५.५२ प्रतिशत स्वामित्व तथा २७ लाख ६७ हजार कित्ता शेयर, बबिता कुमारी अग्रवाल कायलको ४.६५ प्रतिशत स्वामित्व तथा २३ लाख ३० हजार ४०३ कित्ता शेयर रहेको छ ।

त्यसैगरी, कालिका इन्भेस्टमेन्ट एण्ड म्यानेजमेन्ट र सुशीला मित्तलको समान २.८३–२.८३ प्रतिशत स्वामित्व तथा १४ लाख १५ हजार कित्ता शेयर, बागमती इंक प्रालि र किरण केसीको २.२०–२.२० प्रतिशत स्वामित्व तथा समान ११ लाख ५८२ कित्ता शेयर, किरण केसीको २.०१ प्रतिशत स्वामित्व तथा १० लाख ६ हजार कित्ता शेयर, कवि कुमार तिबेरवाल, स्कीओन होल्डिङ्ग कमपनी प्रालि र श्री कृष्ण स्टील इन्डस्ट्रीजको १.२६–१.२६ प्रतिशत स्वामित्व तथा समान ६ लाख २९ हजार कित्ता शेयर रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*