लाभांश पारितका लागि सात कम्पनीको साधारणसभा आज बस्दै

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत सात वटा कम्पनीहरूको लाभांश पारितका लागि आज पुस २८ गते साधारणसभा बस्दैछ। लाभांश सहितका एजेण्डा सहित भिन्नाभिन्नै स्थान र समयमा सभा बस्न लागेको हो।
नबिल बैंक लिमिटेडको १२.५ प्रतिशत नगद लाभांश पारितका लागि काठमाडौंको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान ११ः१५ बजेदेखि एकचालीसौं वार्षिक साधारणसभा बस्दैछ।
हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको ६.६५ प्रतिशत बोनस शेयर र ०.३५ प्रतिशत नगद लाभांश पारितका लागि काठमाडौंको त्रिपुरेश्वरस्थित बोगनभिल्ला इभेन्ट्समा बिहान ११ बजेदेखि चौधौं वार्षिक साधारणसभा बस्दैछ।
डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको १० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश पारितका लागि चितवनको सौराहास्थित होटल सेभेन स्टारमा बिहान १० बजेदेखि चौबीसौं वार्षिक साधारणसभा बस्दैछ।
इमर्जिङ नेपाल लिमिटेडको ५.२६३१५ प्रतिशत नगद लाभांश पारितका लागि काठमाडौंको नयाँबानेश्वरस्थित काठमाडौं ब्याङ्क्वेट प्रा.लि मा बिहान साढे ९ बजेदेखि दशौं वार्षिक साधारणसभा बस्दैछ।
सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको १० प्रतिशत बोनस शेयर र ०.५२६३ प्रतिशत नगद लाभांश पारितका लागि काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्याङ्क्वेटमा बिहान ११ बजेदेखि उन्नाईसौं वार्षिक साधारणसभा बस्दैछ।
बुटवल पावर कम्पनी लिमिटेडको ६ प्रतिशत नगद लाभांश पारितका लागि काठमाडौंको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा दिउँसोको २ बजेदेखि तेत्तीसौं वार्षिक साधारणसभा बस्दैछ।
कालिका पावर कम्पनी लिमिटेडको ७ प्रतिशत बोनस शेयर र ०.३६८४ प्रतिशत नगद लाभांश पारितका लागि चितवनको भरतपुरस्थित दियाले फूडल्याण्डमा बिहान ११ बजेदेखि अठारौं वार्षिक साधारणसभा बस्दैछ।












