हिमालयन लाइफद्वारा लाभांश नदिने निर्णय

२८ पुष २०८२, सोमबार १०:३३

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको पुस २५ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश नदिने निर्णय गरेको छ।

काठमाडौंको हात्तिसारमा दिउँसो साढे ३ बजे बसेको उक्त बैठकले गत आर्थिक वर्षको संचित मुनाफाबाट शेयरधनीहरूलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो।

साथै बैठकले सोही बमोजिम वित्तीय विवरण स्वीकृतिका लागि नेपाल बीमा प्राधिकरण समक्ष पेश गर्ने निर्णय पनि गरेको कम्पनी सचिव ईश्वर कुमार सेडाईले जानकारी दिएका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*