शरद ओझाले सरकारविरुद्ध दर्ता गरेका रिट हेर्न नभ्याइनेमा

२८ पुष २०८२, सोमबार १४:५८

काठमाडौं । शरद ओझाले सरकारविरुद्ध दर्ता गरेका रिट सर्वोच्च अदालतले हेर्न नभ्याइनेमा राखेको छ। न्यायाधीश डा। नहकुल सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले उनको रिट हेर्न नभ्याइनेमा राखेको हो।

ओझाले सरकारद्वारा छानबिन समितिको सिफारिसको आधारमा गरिएको बर्खास्तीको निर्णय र सर्वोच्च अदालतले जारी गरेको अल्पकालीन अन्तरिम आदेशको अवज्ञा गरिएको भन्दै दुई वटा रिट दर्ता गराएका थिए।

यसअघि उनको रिटमा सर्वोच्च अदालतले ‘अन्य आदेश’ जारी गरेको थियो। प्रकाशमान सिंह राउत र टेकप्रसाद ढुङ्गानाको इजलासले ओझाको मुद्दामा सुनुवाइ गर्दै उनको अर्को मुद्दाको फाइल समेत पेस गर्न आदेश दिएको थियो। यसअघि पुस १ गते पनि ओझाको रिट हेर्न नमिल्नेमा राखिएको थियो।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*