एसवाई प्यानलमा दैनिक झुम्मिदै लगानीकर्ता, यी १० कम्पनीको सर्वाधिक कारोबार
२८ पुष २०८२, सोमबार १५:०६

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात सोमबार शेयर बजार झिनो अंकले घट्न पुगेको छ । आज नेप्से परिसूचक ५.५४ अंकले घटेर २६३५ को बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा सोमबार एसवाई प्यानलको सबैभन्दा बढी कारोबार भएको छ । कम्पनीको आज ४२ करोड २२ लाख रुपैयाँको शेयर खरिद–बिक्री भएको छ । साथै, राधी विद्युत कम्पनीको ३१ करोड ५७ लाख रुपैयाँ, मन्जु श्री फाइनान्सको २७ करोड ८१ लाख रुपैयाँ, श्रीनगर एग्रोटेकको २५ करोड ५२ लाख रुपैयाँ र शिवम् सिमेन्टको २४ करोड ५८ लाख रुपैयाँले सर्वाधिक कारोबार भएको छ ।














