एसवाई प्यानल र श्रीनगर एग्रोटेकको शेयरमा सकारात्मक सर्किट
२८ पुष २०८२, सोमबार १५:१६

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात सोमबार शेयर बजार झिनो अंकले घट्न पुगेको छ । आज नेप्से परिसूचक ५.५४ अंकले घटेर २६३५ को बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा आज विभिन्न सेक्टरका ७५ वटा कम्पनीहरुको शेयरमूल्यमा हरियाली छाएको छ । जसमा आज एसवाई प्यानल र श्रीनगर एग्रोटेकको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
त्यस्तै, सोमबार रशुवागढी हाइड्रोपावरको शेयरमूल्य ८.५३ प्रतिशत, बुङ्गोल हाइड्रो लिमिटेडको ५.४१ प्रतिशत, ट्रेड टावरको ५.३० प्रतिशत, सिक्लेस हाइड्रोपावरको ५.२९ प्रतिशतले शेयरमूल्य बृद्धि भएको छ ।














