एशियन लाइफ इन्स्योरेन्स सुर्खेतद्वारा ५ लाख ८५ हजार मृत्यु दावी भुक्तानी

काठमाडौँ । एशियन लाइफ इन्स्योरेन्स सुर्खेत शाखाले मृत्युदाबी भुक्तानी गरेको छ । मानसिक असन्तुलनका कारण असोज ११ गते असमायिक निधन भएका बिरेन्द्रनगर–४ का सन्दिप तिवारीको परिवारलाई कम्पनी दाबी बापतको रकम हस्तान्तरण गरेको हो ।
उनले ५ लाखको बीमाङ्गको १५ वर्षे (२०७८ चैत १० गते) सावधिक जिवन बिमा गराएका थिए । उनको आत्महत्याका कारण असमायिक निधन भएकाले २०८२ पुष २७ गते मृतकको घरमा गई मृतकको आमा सविता तिवारीलाई एक कार्यक्रमका बीचमा ५ लाख ८५ हजार ५४२ रकम भुत्तानी गरिएको हो ।
भुक्तानी कार्यक्रममा एशियन लाइफ इन्स्योरेन्स कर्णाली प्रदेश प्रमुख बीर बहादुर भण्डारी, शाखा कार्यालयका मार्केटिङ अफिसर निर्मला पाठक, सिनियर एजन्सी म्यानेजर लोकप्रसाद ढकाल, सिनियर एजन्सी नरेन्द्र बहादुर थापा, तिर्था कुमारी पौडेल, मनिषा कौशल लगायत स्थानीय समुदायका प्रतिनिधि उपस्थित थिए।
बीमा बचत र सूरक्षाको लागी अनिवार्य रहेको हुँदा परिवारमा एक सदस्य थपिए सरह बीमालाई ठन्नुपर्ने भण्डारीले बताए । उनले भने, ‘अहिलेको आवश्यकता रहेको र हरेक मानिसको आफनो आयश्रोतको आधारमा बीमा गराउनु अनिवार्य छ । आफू रहे आफ्नो लागी आफु नरहदाँ आश्रीत परीवारको लागी आर्थिक लाभहुने भएकाले बीमा आवश्यक छ । एशियन लाईफले कर्णालीको ग्रामिण क्षेत्रका पनी घरदैलो सेवा दिने कम्पनी हो ।’













