डिप्रोक्स लघुवित्तको २४ औं वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले सोमबार २४औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष दिपक खनालको अध्यक्षतामा चितवनको सौराहामा उक्त सभा सम्पन्न भएको हो ।
साधारण सभाले आर्थिक वर्ष २०८१–०८२ को बार्षिक प्रतिवेदन पारित गरी आर्थिक वर्ष २०८१–८२ को लागि लेखापरीक्षकको नियुक्ति लगायतका प्रस्ताव पारित गरेको छ ।
सभाले शेयरधनीहरुलाई १० प्रतिशत बोनश शेयर र ५ प्रतिशत नगद लाभांश (बोनस शेयर र नगद लाभांशमा लाग्ने कर समेत) बितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ । बोनश शेयर पश्चात यस संस्थाको चुक्ता पूँजी दुई अर्व ५ करोड ५१ लाख १४ हजार पुगेको छ ।
संस्थाका सञ्चालक समितिका अध्यक्ष दिपक खनालको अध्यक्षतामा सम्पन्न २४ औं वार्षिक साधारण सभामा आर्थिक वर्ष २०८१–८२ को बार्षिक प्रतिवेदन उपर सहभागी शेयरधनीहरुले राखेका जिज्ञासाहरुको अध्यक्षले स्पष्ट पारेका छन् ।
संस्थापक तर्फ बाँकी अवधिको लागि नेपाल बैंक लिमिटेडको तर्फबाट प्रदिप कुमार पाठक र सर्वसाधारण तर्फ ३ जना सञ्चालकहरु क्रमशः शिवप्रसाद भट्टराई, आयुषी सापकोटा र पुष्करनाथ भण्डारी निर्विरोध निर्वाचित भएका छन् ।













