अभिकर्ता संघद्वारा आयोजित हिमालयन लाइफ इन्स्योरेन्सको सीओटी–एमडीआरटी सम्मान कार्यक्रम सम्पन्न

काठमाडौं । पेशागत बीमा अभिकर्ता संघ नेपाल बीमक समिति हिमालयन लाइफ इन्स्योरेन्स बागमती प्रदेशले सीओटी र एमडीआरटी सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम पुस २८ गते ललितपुरमा रहेको महालक्ष्मी पार्टी भेन्यूमा भव्य रूपमा सम्पन्न भएको हो ।
कार्यक्रमको सभापति चिरञ्जीवी गजुरेल पेशागत बीमा अभिकर्ता संघ नेपाल बीमक समिति हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड बाग्मती प्रदेश, प्रमुख अथिति पेशागत बीमा अभिकर्ता संघ नेपालको केन्द्रीय उपाध्यक्ष दामोदर गौतम, विशिष्ट अतिथि हिमालयन लाइफ इन्स्योरेन्स बाग्मती प्रदेश प्रमुख हरि शर्मा पौडेल, अन्य विशिष्ट अतिथिहरूमा केन्द्रीय सचिव अम्बिका गौतम, नानीमाया सापकोटा, बीमक उपाध्यक्ष अष्ट बहादुर श्रेष्ठ तथा अतिथिहरू बाग्मती प्रदेश उपप्रमुख जितेन्द्र साह, सचिव प्रल्हाद तिमल्सिना, कोषाध्यक्ष त्रिलोचन विश्वकर्मा, सह कोषाध्यक्ष सीओटी रबिन्द्र तिमल्सिना, सदस्य नबराज बोलखे, प्रदेश समितिका सदस्यहरू, शाखा समितिका अध्यक्षहरू, सीओटी, एमडीआरटीहरुको उपस्थिति थियो।

साथै कार्यक्रम अभिकर्ता संघठनको तर्फबाट हिमालयन लाइफमा बाग्मती प्रदेशले पहिलो पटक भव्य तरिकाले सुरुवात गरेर अन्य प्रदेशलाई पनि हौसला प्रदान गरेको छ ।












