बीमा क्षेत्रको साढे ६ खर्ब निक्षेपमाथि बैंकहरुको दादागिरी, न ब्याज न नकिवरण !

काठमाडौं । मुद्दती निक्षेप कम ब्याज र निक्षेपको समयअवधि सकेपछि पनि बैंकहरुले नविकरण गर्न आनाकानी गरेसँगै बीमा कम्पनीहरु समस्यामा परेका छन् ।मुद्दती निक्षेप कम ब्याज र निक्षेपको समयअवधि सकेपछि पनि बैंकहरुले नविकरण गर्न नमान्ने समस्याको कारण यतिबेला बीमा कम्पनीहरु लगानीको विकल्प खोज्न बाध्य भएका छन् ।
यस्ता समस्याको निराकरण गर्न यतिबेला नेपाली बीमा कम्पनीहरुले विदेशी बजारमा लगानी गर्न पाउने गरी बाटो खोल्ने बिषयमा बहस सुरु गर्न लागेका छन् ।बीमक संघले नेपाल राष्ट्र बैंकमा पनि विदेशमा लगानी गर्ने बाटो खोलिदिन आग्रह समेत गरिसकेका छन् भने बीमा प्राधिकरणसँग पनि यस बिषयमा लबिङ गरिरहेको पाइएको छ।
नेपाली बैंकमा पर्याप्त तरलता रहेका कारणले बीमा कम्पनीको ठूलो निक्षेप स्वीकार गर्न अस्वीकृत गरेको नेपाली बीमा कम्पनीहरुको सिईओहरुको गुनासो रहेको छन्।नेपालका अधिकांश बीमा कम्पनीहरूले आफ्ना लगानीको ९३ प्रतिशत हिस्सा बैंकको मुद्दती निक्षेपमा राख्दै आईरहेका छन् ।सो कारण बैंकको ब्याजदर तल माथि जादा बीमा कम्पनीहरुलाई प्रत्यक्ष असर पर्न गरेको जीवन बीमक संघका अध्यक्ष प्रविण रमण पराजुली बताँउछन् । पछिल्लो समय बैंकहरूले निक्षेप लिन पनि अनिच्छुक भएसँगै बीमा कम्पनीहरु थप क्रसित बनेको पराजुलीको भनाई छ ।
बीमा कम्पनीहरुको लगानीमा रिक्स फ्याक्टर कम गर्न सो अनुरुप विकल्प खोज्ने तयारीमा रहेको पराजुली बताँउछन् । निर्जिवन बीमक संघका अध्यक्ष विरेन्द्र वैदवारले भने, बैंकको ब्याजदरको प्रत्यक्ष प्रभाव बीमा कम्पनीहरुमा परेको र बीमा ऐन अन्तर्गत तत्काल बैंकको लगानीलाई टेकओभर गर्ने नसक्ने अवस्था रहेकोे बताँउछन् ।
सो कारण बीमकले अब लगानीको विकल्प खोज्नुपर्ने बाध्यतात्मक अवस्था सिर्जना भएको उनले बीमापोष्टलाई बताए । बीमा कम्पनीहरुले अल्टरनेटिभ लगानीको विकल्प खोज्ने समय आएको बीमाकर्मीहरुको बुझाई रहेको छ।
नयाँ मुद्दती निक्षेपमा ३ प्रतिशत मुनि ब्याज दिने र पुरानो नविकरण गर्न आनाकानी गर्ने समस्या बैंकहरुमा रहेको कारण यतिबेला बीमा कम्पनीहरु तनावमा पर्न थालेका छन्।बैंकको ब्याजदर ऐतिहासिक रूपमा न्यून हुँदा बीमा कम्पनीले निक्षेपमार्फत प्राप्त गर्ने प्रतिफल संकुचित बनेको छ भने अर्कोतर्फ, न्यून ब्याजदरमा समेत निक्षेप राख्न कठिनाइ र बैंकको पुरानो निक्षेप नविकरण नगर्ने समस्या विकराल रहेको पाइएको छ। ब्याजदर घट्दा गत आर्थिक वर्षमै नाफामै धक्का बेहोरेका बीमा कम्पनीहरू अहिले पनि ब्याजदर उकालो नलागेपछि झनै तनावमा परेका हुन् ।
सानिमा रिलायन्स लाइफका सिईओ शिवनाथ पाण्डेले भने, ‘ बैंकको ब्याजदर न्यून भएको प्रभाव भन्दा बीमकको रकम मुद्दती निक्षेपमा लिन आनाकानी गर्नु मुख्य चुनौती रहेको छ ,’ उनले भने, ‘अन्य क्षेत्रमा जम्प गर्न सक्ने अवस्था पनि हामी छैनौं । सो कारण बीमा कम्पनीहरुको लगानीमा ब्याजदरको प्रत्यक्ष असर नपर्ने विकल्प खोजिरहेका छौ, उनले बीमापोष्टलाई बताए ।
बीमा कम्पनीहरुले नेपाली बैंकको ब्याजदरको प्रतयक्ष प्रभाव नपर्नको लागि विदेशी बजारमा ऋणपत्रहरुमा लगानी गर्ने सुविधा खोजिरहेका छन् । अहिले पनि १० वर्षे सरकारी ऋणपत्रमा लगानी गर्दा पाकिस्तानमा ११ प्रतिशत, श्रीलङ्का र बाङ्लादेशमा १० प्रतिशत तथा भारतमा ६ प्रतिशतभन्दा बढी प्रतिफल पाइने व्यवस्था रहेको छ।
नेपाली पुनर्बीमा कम्पनीसहितका बीमा कम्पनीहरूसँग कुल ८ खर्ब ७० अर्ब रुपैयाँ बराबरको लगानीयोग्य रकम रहेको छ ।
त्यसमध्ये २ खर्ब ७ अर्ब रुपैयाँ मात्रै अन्य क्षेत्रमा लगानी गरिएको थियो भने बाँकी साढे ६ खर्ब माथिको रकम बैंक निक्षेपमै राखिएको देखिन्छ। मंसिर मसान्तसम्म आइपुग्दा समेत बीमा कम्पनीहरूले आम्दानी घट्ने जोखिम बेहोरेरै कुल लगानीको ७७ प्रतिशत रकम निक्षेपमै राखेका छन्।













