सिरहाको कल्याणपुर नगरपालिकाका मेयर भ्रष्टाचार मुद्दामा दोषी ठहर

२८ पुष २०८२, सोमबार १८:१८

काठमाडौँ । सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह भ्रष्टाचारसम्बन्धी मुद्दामा विशेष अदालतबाट दोषी ठहर भएका छन्। न्यायाधीश सुदर्शनदेव भट्ट, हेमन्त रावल र उमेश कोइरालाको संयुक्त इजलासले साहले घुस लिएको ठहर गर्दै सजाय सुनाएको हो।

अदालतले भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार साहलाई एक लाख रुपैयाँ जरिवाना र छ महिना कैद सजाय तोकेको छ। घुस लिएको प्रमाण पुष्टि भएको भन्दै अदालतले उक्त सजाय उपयुक्त ठहर गरेको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयबाट खटिएको टोलीले मेयर साहलाई गत असार ३२ गते सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस लिइरहेको अवस्थामा नगरपालिकाको कार्यालयबाटै पक्राउ गरेको थियो। कल्याणपुर नगरपालिका–६ मा नाला निर्माण योजना सम्पन्न भएपछि भुक्तानीको चेक उपलब्ध गराउने क्रममा उपभोक्ता समितिका प्रतिनिधिसँग साहले रकम मागी लिएको अख्तियारको अनुसन्धानबाट खुलेको थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*