एशियन लाइफले प्रभु बैंकमा शेयर स्वामित्व बढायो

काठमाडौं । प्रभु बैंकमा एशियन लाइफ इन्स्योरेन्स कम्पनीले आफनो शेयर स्वामित्व बढाएको छ।
०।५ प्रतिशतभन्दा धेरै शेयर हुने शेयरधनीको संख्या १२ रहेको छ। कम्पनीको आर्थिक वर्ष २०८१र८२ को विवरण अनुसार कम्पनीमा संस्थागत र व्यक्तिगत गरि १२ शेयरधनीसंग मात्र ०।५ प्रतिशतभन्दा धेरै शेयर रहेको देखिएको हो।
बैंकमा एशियन लाइफ इन्स्योरेन्सको सर्वाधिक ५।६३ प्रतिशत शेयर स्वामित्व रहेको छ । यस अवधिमा कम्पनीले आफ्नो स्वमित्व ४।९९ प्रतिशतबाट बढाएर ५।६३ प्रतिशत पुर्याएको हो।
त्यस्तै बैंकमा गौरव अग्रवालको २।७१ प्रतिशत, कर्मचारी संचय कोषको २।५३ प्रतिशत, प्रभु ग्रुपको ०।९९ प्रतिशत, मिजास भट्टचनको ०।८० प्रतिशत, तथा सुदिप आचार्यको ०।६० प्रतिशत शेयर स्वामित्व रहेको छ। त्यस्तै ज्ञानु श्रेष्ठको ०।५८ प्रतिशत, राजेन्द्र र भट्टचन र स्वरूप गुरुङको समान ०।५७ प्रतिशत तथा नेपाल इन्भेष्टमेन्ट प्रालिको ०।५२ प्रतिशत शेयर स्वामित्व रहेको छ।
बैंकमा शिवम सिमेन्टको ०।५१ प्रतिशत तथा सन नेपाल लाइफ इन्स्योरेन्सको ०।५० प्रतिशत स्वामित्व रहेको छ। आर्थिक वर्ष २०८०र८१ मा ०।६ प्रतिशत शेयर स्वामित्व रहेकी अम्बिका शर्मा लामिछाने भने हाल ठूला शेयरधनीको सूचीबाट बाहिरिएकी छिन्।













