लाभांश पारितका लागि ११ कम्पनीको साधारणसभा आज बस्दै, कुनको कति?

२९ पुष २०८२, मंगलवार ०६:४८

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भई लाभांश लगायतका प्रस्ताव पारितका लागि ११ कम्पनीहरूको साधारणसभा आज पुस २९ गते बस्दैछ।

तीमध्ये २ जीवन बीमा कम्पनी, ४ निर्जीवन बीमा कम्पनी, ३ लघुवित्त कम्पनी र २ हाइड्रोपावर कम्पनी रहेका छन्। कम्पनीहरूले लाभांश लगायतका विभिन्न प्रस्ताव सहित वार्षिक साधारणसभा बोलाएका हुन्।

प्रभु महालक्ष्मी लाइफ, रिलायबल नेपाल लाइफ, सगरमाथा लुम्बिनी इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, शिखर इन्स्योरेन्स, जीवन विकास लघुवित्त, ग्लोबल आइएमई लघुवित्त, छिमेक लघुवित्त, अपी पावर कम्पनी र कुथेली बुखरी स्मल हाइड्रोपावर कम्पनी रहेका छन्।

कम्पनीहरूको साधारणसभा भिन्नाभिन्नै स्थानमा विभिन्न समयमा शुरू हुनेछ। बिहान १० बजेदेखि दिउँसोको साढे २ बजेसम्म कम्पनीहरूको साधारणसभा रहेको छ। साधारणसभा प्रयोजनार्थ यी कम्पनीहरूले बूक क्लोज गरिसकेका छन्। तसर्थ बूक क्लोज हुनुभन्दा अघिल्लो दिनसम्म कायम शेयरधनीहरू मात्रै सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*