प्रतिकित्ता १०० रुपैयाँमा सिटिजन्स बैंकको ३ लाख कित्ता शेयर बिक्रीमा

२९ पुष २०८२, मंगलवार ०८:२६

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले विभिन्न संस्थापक शेयरधनीहरूको नाममा रहेको ३ लाख ९ हजार ३८२.७२ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ।

बैंकले वासुदेव घिमिरेको १ लाख ६३ हजार ५६१ कित्ता, नेत्र लाल बनको ७५ हजार ७७२ कित्ता, झविन्द्र भण्डारीको ५१ हजार २०५ कित्ता र राजकुमार थापाको १८ हजार ८४४.७२ कित्ता शेयर बिक्रीमा राखेको हो।

यीमध्ये राजकुमार थापाको नाममा रहेको १८ हजार ८४४.७२ कित्ताको बिक्रीमूल्य प्रतिकित्ता न्यूनतम १३० रुपैयाँ तोकिएको छ भने अन्य तीन संस्थापक शेयरधनीको नाममा रहेको शेयरको बिक्रीमूल्य प्रतिकित्ता न्यूनतम १०० रुपैयाँ मात्रै तोकिएको छ।

नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार संस्थापक समूहको शेयर खरीद/बिक्री गर्दा आफ्नै संस्थापकलाई पहिलो प्राथमिकता दिनु पर्ने र यसरी खरीद/बिक्री गर्दा सो शेयर खरीद/बिक्री हुन नसकेको अवसथामा मात्र अन्य व्यक्ति वा संस्थालाई बिक्री गर्न सकिने भएकाले हाल बैंकका संस्थापक शेयरधनीहरूले मात्रै यो शेयर खरीद गर्न सक्नेछन्।

शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीले आगामी ३५ दिनभित्र काठमाडौंको नारायणहिटी पथस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ। तोकिएको म्यादभित्र बैंकका विद्यमान संस्थापक शेयरधनीहरूबाट सो शेयर खरीदका लागि निवेदन प्राप्त नभएमा सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने बैंकले जानकारी दिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*