टिक्मो मार्फत आइएमई गर्दा ईभीदेखि आईफोनसम्म जित्ने मौका

२९ पुष २०८२, मंगलवार ०९:४५

काठमाडौं । नेपालको नेतृत्वदायी रेमिटेन्स सेवा प्रदायक कम्पनी आइएमईले ‘टिक्मो मार्फत आइएमई गरौं, उपहार जितौं’ योजना ल्याएको छ। यही पुस २१ गतेदेखि चैत १७ गतेसम्म सन्चालनमा रहने यो अभियान अन्तर्गत साउदी अरबमा रहेका नेपालीहरूले टिक्मो एप प्रयोग गरेर आइएमई मार्फत पैसा पठाउँदा विभिन्न उपहारहरू जित्ने अवसर पाउनेछन्।

टिक्मो एप मार्फत साउदी अरबबाट आइएमई गरी नेपाल पैसा पठाउँदा मेगा पुरष्कार अन्तर्गत एकजना भाग्यशाली विजेताले बीवाईडी एटो वन ईभी प्राप्त गर्न सक्नेछन् भने मासिक दुईजना भाग्यशाली विजेताले याडेआ ओविन ईभी स्कुटर जित्न सक्नेछन्। त्यसैगरी साप्ताहिक विजेता अन्तर्गत १२ भाग्यशाली विजेताले आईफोन १७ जित्न सक्नेछन्। टिक्मोको यो योजनामा सामेल भई कुल १५ जना भाग्यशाली ब्यक्ति लावान्भित हुनेछन् भने विजेताहरू पारदर्शी डिजिटल लक्की ड्र मार्फत छनोट गरिनेछ।

वैदेशिक रोजगारीका लागि साउदी अरबमा रहेका नेपालीहरूले आफूले कमाएको पैसा सुरक्षित रूपमा नेपालमा रहेका आफ्ना आफन्तको हातमा पठाउने गरेका छन्। पछिल्लो समय मुद्रा भुक्तानीमा डिजिटल प्रविधि अझै नजिकिंदै गएको छ। वैदेशिक रोजगारीमा गएर स्वदेशमा वैदेशिक मुद्रा, प्रविधि र सीप भित्र्याउने मात्रै नभएर अवसरको सदुपयोग गर्दै विदेशबाट स्वदेशमा पैसा पठाउँदा उपहार जित्ने मौका पनि आइएमईले प्रदान गरेको छ।

आफ्नो स्थापनादेखि नै रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पुर्‍याउन प्रतिबद्ध आईएमईले सेवा शुभारम्भको बाईसौं वर्षसम्ममा नेपालका शहरी तथा ग्रामीण क्षेत्रलाई समेट्ने गरी २२५ आइएमई सेन्टर सहित ७७ जिल्लाका करीब १२ हजार सब–एजेन्ट र बैङ्क तथा वित्तीय संस्थाका शाखामार्फत विदेशमा कार्यरत नेपालीहरूले कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आइरहेको छ।

त्यसैगरी टिक्मो मुख्यतया साउदी अरेबियामा प्रयोग हुने एक डिजिटल वालेट एप हो जुन विशेष गरी पैसा पठाउन र अनलाइन भुक्तानीका लागि लोकप्रिय छ। यसका मुख्य विशेषताहरू अन्तर्राष्ट्रिय रकम ट्रान्सफर, डिजिटल रकम भुक्तानी कार्ड, बिल भुक्तानी इत्यादि हुन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*