राति १२ बजे एनआईसी एशिया बैंक सल्लेरी शाखामा चोरीको प्रयास

२९ पुष २०८२, मंगलवार ११:२८

काठमाडौँ । एनआईसी एशिया बैंकको सोलुखुम्बुस्थित सल्लेरी शाखामा चोरीको प्रयास भएको छ । सोमबार राति करिब १२ बजेको समयमा एक जना अपरिचित व्यक्तिले बैंक भवनभित्र प्रवेश गरी चोरी गर्ने प्रयास गरेको हो ।

रातिको समयमा बैंक परिसरभित्र शंकास्पद गतिविधि भइरहेको थाहा पाएपछि वरपरका स्थानीय बासिन्दाहरुले हल्ला गरेपछि ती व्यक्ति बैंकभित्रैबाट भागेको जनाइएको छ । घटनापछि स्थानियहरुले बैंकका कर्मचारीलाई सम्पर्क गरेका थिए ।

राति कै समयमा बैंकका कर्मचारीहरु पनि प्रहरी लगेर शाखामा पुगेका थिए । प्रहरीको रोहबरमा शाखा खोल्दा कुनै पनि रकम चोरी भने नभएको उक्त शाखामा कार्यरत कर्मचारी दिनेश ढकालले बताए । बीमापोष्टसँग कुरा गर्दै उनले भने, ‘रातिको समयमा बैंक भित्र चोरी भइरहेका कुरा स्थानियले थाहा पाएपछि उक्त ब्यक्ति भागेको रैछ । पछि बैंकका सबै कर्मचारी पनि पुग्यौं । अनि प्रहरीलाई समेत खबर गरेउ । हेर्दा कुनै रकम चोरी भने भएको छैन ।’

बैंकको मेन गेटमा केहि क्षति भएको भएपनि अन्य कुनै हानि नभएको जनाइएको छ । सिसिटिभीमा कैद भएको चोरी गर्ने ब्यक्तिको तस्बिर अहिले समाजिक सञ्जालमा भाइरल भइरहेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*