सिद्धार्थ प्रिमियरको ३२औं वार्षिक साधारणसभा सम्पन्न, २५ प्रतिशत लाभांश पारित

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको बत्तीसौं वार्षिक साधारणसभा आज पुस २९ गते मंगलबार काठमाडौंको ज्ञानेश्वरस्थित रानी महल ब्याङ्क्वेटमा सम्पन्न भएको छ।
सभाले हाल कायम चुक्ता पूँजीको २५ प्रतिशत नगद लाभांश (कर सहित) वितरणको प्रस्ताव पारित गरेको छ। साथै गत आर्थिक वर्ष (आव) को वार्षिक र लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षकको नियुक्ति गरी पारिश्रमिक निर्धारण गरेको छ।
त्यसैगरी कम्पनीको उद्देश्यमा सामूहिक लगानी कोष योजना सञ्चालन गर्ने वा गराउने व्यवस्था थप गर्ने, गत आवमा संस्थागत सामाजिक उत्तरदायित्वमा भएको खर्च अनुमोदन गर्ने र सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि सभाले पारित गरेको छ।
कम्पनीले लाभांश वितरण प्रयोजनार्थ पुस १८ गते शुक्रबार एक दिनका लागि बुक क्लोज गरिसकेको छ। तसर्थ पुस १७ गतेसम्म नेप्सेमा कायम शेयरधनीले मात्रै लाभांश पाउनेछन्।












