आय विवरण समयमै दाखिला गर्न आन्तरिक राजस्व विभागको आग्रह
२९ पुष २०८२, मंगलवार १३:३४

काठमाडौँ । आन्तरिक राजस्व विभागले आय विवरण दाखिला सम्बन्धी अनुरोधात्मक सूचना सार्वजनिक गरेको छ। विभागले पुस मसान्तमा प्रणालीमा अत्यधिक चाप पर्ने भएकाले आय विवरण दाखिला गर्न कठिनाइ हुन सक्ने भन्दै सो मितिअगावै विवरण दाखिला गर्न करदातालाई अनुरोध गरेको हो।
सूचनामा आय विवरण दाखिला गर्न म्याद थप लिएका करदाताहरूलाई पनि म्याद थप भएको अन्तिम मितिभित्रै विवरण दाखिला गर्न आग्रह गरिएको छ। तोकिएको समयभित्र विवरण दाखिला नगरेमा थप ब्याज तथा जरिवाना लाग्ने विभागले स्पष्ट पारेको छ।
विभागका अनुसार आय विवरण दाखिला गर्ने क्रममा कुनै समस्या आएमा मोबाइल नम्बर ९७६२११८२५८ तथा सम्पर्क नम्बर ०१–५७९०१७६ का एक्सटेन्सन नम्बरहरू २०७, २०८, २०९, २१०, २११, २१२, २१४, २१५, २१६, २२५ र २२६ मा सम्पर्क गर्न सकिनेछ।












