मर्जर प्रस्ताव पारित गर्दै लक्ष्मी लघुवित्तको साधारण सभा सम्पन्न

२९ पुष २०८२, मंगलवार १३:४२

काठमाडौँ । लक्ष्मी लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारण सभा सम्पन्न भएको छ । अग्रवाल भवन कमलपोखरी काठमाडौंमा कम्पनीको १४औं वार्षिक साधारण सभा सम्पन्न भएको हो ।

कम्पनीले चालु आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षको लेखा परिक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्न प्रस्ताव पारित गरेको छ। कम्पनीले मर्जर सम्बन्धी प्रस्ताव समेत पारित गरेको हो ।

कम्पनीका शेयरधनीहरुको हात भने रित्तो भएको छ । कम्पनीको गत आर्थिक वर्षको मुनाफाबाट कुनै लाभांश दिएको थिएन् ।

सभाका लागि कम्पनीले पुष १४ गते बुक क्लोज गरेको थियो ।

वित्तीय संस्थाले हाल सम्ममा ६९ जिल्लामा १९७ वटा शाखा मार्फत कुल ४ लाख ४० हजार ३ सय ७ जना महिला सदस्यहरुलाई लघुवित्त कार्यक्रम मार्फत सेवा दिइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*