राधी जलविद्युत र एसवाई प्यानलमा झुम्मिए लगानीकर्ता, अन्य कुनको कति भयो कारोबार ?

२९ पुष २०८२, मंगलवार १५:०९

काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात मंगलबार शेयर बजार झिनो अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक ४.९० अंकले बढेर २६३९.९१ को बिन्दुमा कायम भएको छ ।

शेयर बजार बढेसँगै आज विभिन्न सेक्टरका कम्पनीहरुको ६ अर्ब ९९ करोड चार लाख रुपैयाँ शेयर कारोबार भएको छ । जसमा आज राधि जलविद्युतको ५४ करोड ६५ लाख रुपैयाँ, एसवाई प्यानलको ३४ करोड ८१ लाख रुपैयाँ, बुटवल पावर कम्पनीको २८ करोड १३ लाख रुपैयाँले सर्वाधिक कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*