थ्रीस्टार हाइड्रोपावरको शेयरमूल्यमा सकारात्मक सर्किट

२९ पुष २०८२, मंगलवार १५:२१

काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात मंगलबार शेयर बजार झिनो अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक ४.९० अंकले बढेर २६३९.९१ को बिन्दुमा कायम भएको छ ।

शेयर बजार बढेसँगै विभिन्न सेक्टरका ११८ वटा कम्पनीहरुको शेयरमूल्यमा हरियाली छाएको छ । कम्पनीहरुमध्ये थ्रीस्टार हाइड्रोपावरको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

त्यस्तै, दोर्दी खोला जलविद्युतको शेयरमूल्य ९.३८ प्रतिशत, सुपरमादी हाइड्रोपावरको ९.०७ प्रतिशत, राप्ती हाइड्रो एण्ड जनरलको ५.६६ प्रतिशतले शेयरमूल्य बृद्धि भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*