इन्ड्राइभविरुद्ध राइडरहरु नै आन्दोलित

२९ पुष २०८२, मंगलवार १८:२८

काठमाडौं । ग्लोबल मोबिलिटी एण्ड अर्बन सर्भिस प्लेटफर्म इन्ड्राइभविरुद्ध नेपाली राइडरहरु नै आन्दोलित बनेका छन् । इन्ड्राइभले तोकेको भाडादर एकदमै न्यून भएको र संस्थाले सोही भाडादरमा पनि ठूलो हिस्सा कमिसनमार्फत काट्न थालेपछि राइडरहरु इन्ड्राइभ विरुद्ध आन्दोलित बनेका हुन् ।

नेपाली बजारमा पछिल्लो समय पठाओ र याङ्गोले इन्ड्राइभ भन्दा पनि न्यून भाडादरमा गुणस्तरीय सेवा उपलब्ध गराइरहेको छ । याङ्गोले आफ्ना राइडरहरुलाई कमिसन उपलब्ध गराउँनुको साथै सेवा सुविधामा समेत थप गरेको छ ।

नेपाली प्रतिस्पर्धी बजारमा इन्ड्राइभ राइडरहरुले ‘अनिस्टील इन्ड्राइभ’ भन्ने अभियान समेत सञ्चालन गरीरेहका छन् । केही दिन यता राइडरहरुले इन्ड्राइभको ललितपुरमा रहेका कार्यालय समेत घेराउ गरेका छन् ।

कार्यालयभित्र रहेका कर्मचारीहरुलाई समेत नेपाल प्रहरीले सुरक्षा दिएर बाहिर निकाल्नु परेको अवस्था समेत सिर्जना भएको थियो । राइडरहरुले निरन्तर रुपमा आन्दोलन अघि बढाउँदै आएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*