एसबीआई बैंकमा लुटपाट
२९ पुष २०८२, मंगलवार २२:०१

काठमाडौं । सिन्धुलीको घ्याङ्लेख गाउँपालिका–२ मा रहेको एसबीआई बैंकको शाखामा लुटपाट भएको छ ।
जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका अनुसार साँझ ७ बजेतिर बैंकमा लुटपाट भएको हो ।
लुटपाटपछि अहिले प्रहरी सक्रिय भएको र अनुसन्धान प्रक्रिया अघि बढेको जिल्ला प्रहरीले जनाएको छ ।
स्थानीयका अनुसार भने नकाबधारीहरु छिरेर त्यहाँ रहेका सेक्युरिटी गार्डलाई हिर्काएर कर्मचारी नियन्त्रण लिएर पैसा लुटेर भागेका छन् ।
घाइते सेक्युरिटी गार्डको भने गाउँपालिकाकै बस्तीपुरको स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।












