अन्नपूर्ण माछा दाना उद्योगले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल

३० पुष २०८२, बुधबार १०:०१

काठमाडौं । अन्नपूर्ण माछा दाना उद्योग लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ भने यसका लागि आवश्यक काम गर्न लक्ष्मी सनाराइज क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।

उद्योगले प्रतिकित्ता १०० रुपैयाँका दरले १० लाख ९ हजार ५३१ कित्ताले हुन आउने १० करोड ९ लाख ५३ हजार १०० रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न लागेको हो। यसका लागि उद्योगको तर्फबाट सीईओ यश पुरी र क्यापिटलका सीईओ विजय लाल श्रेष्ठले द्विपक्षीय सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।

अन्नपूर्ण माछा दाना उद्योग लिमिटेड नेपालको अग्रणी माछा दाना उत्पादन गर्ने उद्योग मध्ये एक हो जसले युरोपेली प्रविधिमा आधारित आधुनिक उत्पादन प्रणाली प्रयोग गरी उच्च गुणस्तरका, पोषणयुक्त तथा अन्तराष्ट्रिय मापदण्ड अनुरुपका माछा दाना उत्पादन गर्दै आएको छ।

उद्योगले देशभर फैलिएको सशक्त वितरण सञ्जाल मार्फत नेपालका सबै प्रदेशमा रहेका मत्स्य कृषकहरूलाई आफ्ना उत्पादनहरू आपूर्ति गर्नका साथै प्राविधिक परामर्श र किसानमैत्री सेवा प्रदान गर्दै नेपालको मत्स्य क्षेत्रको दिगो विकासमा योगदान पुर्याउदै आएको छ

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*