आरम्भ चौतारी लघुवित्तको साधारणसभा सम्पन्न

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको १० औं वार्षिक साधारणसभा बनेपामा पुस २९ गते सम्पन्न भएको छ।
साधारणसभाले सञ्चालक समितिबाट पेश भएको आर्थिक वर्ष २०८१/०८२ को वासलात, नाफा नोक्सान हिसाब लगायत अन्य वित्तीय विवरण सहित वार्षिक प्रतिवेदन सर्वसहमतिबाट पारित गरेको छ । त्यसैगरी सभामा विभिन्न शेयरधनीहरूबाट आएको जिज्ञासा, सल्लाह, सुझाव बारेमा कम्पनी सचिव तथा सीईओ शिव प्रसाद ज्ञवाली र संचालक समितिका अध्यक्ष बिनोद ज्ञवालीले प्रष्ट पारेका थिए।
सञ्चालक समितिको तर्फबाट उपस्थित सबैलाई स्वागत मन्तव्य सञ्चालक समितिको सदस्य पुष्पराज ढकालले गरेका थिए भने संचालक सन्तोष पोख्रेलले वार्षिक प्रतिवेदन माथि टिप्पणी गरेका थिए। संस्थाले आधुनिक प्रविधिमैत्री सेवा तथा ग्राहकहरूमा उद्यमशीलता विकासका साथै वित्तीय साक्षरतामा विशेष जोड दिई कार्यक्रम सञ्चालन गर्न अध्यक्ष विनोद ज्ञवाली निर्देशन दिए।
सभामा संस्थापक शेयरधनी डा. बालकृष्ण चापागाईंले शुभकामना मन्तव्य दिंदै संस्थाले पिछडिएका वर्गहरूलाई विनाधितो सामूहिक जमानीमा कर्जा लगानी गरी स्वरोजगार श्रृजना गरी आयआर्जन वृद्धि गराई दिगो बचत परिचालन र चेतना अभिबृद्धि गरी गरीबी निवारणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै आगामी दिनमा अझ प्रभावकारी सेवा उपलब्ध गराउन सुझाव दिए।












